शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

बुधबार, २९ कात्तिक २०८०, १८ : १२
बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ ।

क्यानले आज एक विज्ञप्ति निकालेर  निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने टिकटक विकल्प बनेकाले त्यसलाई नियमन गर्दा उपयुक्त हुने  क्यानको धारणा छ । 

“नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप