मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यो एउटा चिज छाड्नु भयो भने ४० प्रतिशत घट्ने छ मधुमेहको खतरा

बिहीबार, ३० कात्तिक २०८०, १७ : ३४
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । बिँडी, चुरोट सेवन राम्रो होइन । यसका कारण कयौँ रोग लाग्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अन्तर्राष्ट्रिय मधुमेह संघ (आईडीएफ) र न्यूक्यासल विश्वविद्यालयले गरेको संयुक्त अध्ययनका अनुसार धूम्रपान छाड्दा दोस्रो खालको मधुमेहको जोखिम ३० देखि ४० प्रतिशतसम्म कम हुन्छ । धूम्रपानले ब्लड सुगर लेबललाई नियन्त्रित गर्ने शरीरको क्षमतालाई प्रभावित गर्ने अनि यसका कारण दोस्रो खालको मधुमेह हुने प्रमाणले देखाएका डब्ल्यूएचओले एक विज्ञप्तिमा भनेको छ ।

विश्वभर सबैभन्दा धेरै मानिसमा पाइने पुरानो रोगमध्ये एउटा दोस्रो खालको मधुमेह पनि भएको डब्ल्यूएचओको स्वास्थ्य एजेन्सीले भनेको छ । यसलाई रोक्न चाहिँ सकिने एजेन्सीको भनाइ छ । दोस्रो खालको मधुमेहको मुख्य कारण अधिक वजन, पर्याप्त व्यायाम नगर्नु अनि आनुवंशिकता हो । विश्वभरमा ५ करोड ३७ लाख मानिसलाई मधुमेह भएको आईडीएफको अनुमान छ । अनि यो सङ्ख्या निरन्तर बढिरहेको छ । जसका कारण मधुमेह विश्वमा मृत्युको नवौँ ठुलो कारण बनेको छ ।

धूम्रपानका कारण मुटुको रोग, मिर्गौलाले काम गर्न बन्द गर्ने, अन्धोपना जस्तो बिमारीको खतरा बढ्छ । मधुमेह हुँदा शरीरमा घाउ भर्न पनि समय लाग्छ । मधुमेहको खतरा कम गर्न अनि मधुमेह भयो नै भने पनि गम्भीरता कम गर्न धूम्रपान छाडिदिन संस्थाले अनुरोध गरेको आईडीएफका अध्यक्ष अख्तर हुसेनले भनेका छन् । विश्वभर सरकारहरूले नीतिगत कदम उठाएर मानिसहरूलाई धूम्रपान छाड्न प्रेरित गर्नु पर्ने अनि सार्वजनिक स्थलमा धूम्रपानमा रोक लगाउनु पर्ने पनि उनले बताए ।

मधुमेहको खतरा कम गर्ने अन्य तरिकाहरुः

वजन धेरै छ भने कम गर्नुस्:

तपाईँको वजन धेरै छ भने त्यसलाई घटाउनुस् । जो जो मान्छेको तौल अधिक छ उनीहरूमा वजन कटौतीपछि मधुमेहको खतरा ६० प्रतिशतसम्म कम भएको एउटा अध्ययनले देखाएको थियो ।

शारीरिक रूपमा सक्रिय रहनुस्:

नियमित रूपमा व्यायाम गर्नुस् अनि शारीरिक रूपमा सक्रिय रहनुस् । दिनहुँ कम्तीमा पनि २० देखि २५ मिनेट व्यायाम गर्नुस् । लामो समयसम्म एकै स्थानमा बसिरहनु पनि हुन्न ।

बोटबिरुवाबाट पाइने खानेकुरा खानुस्:

आफ्नो आहारमा हरियो साग, तरकारी र फलफूल सकेसम्म धेरै पार्नुस् । खानामा फाइबरयुक्त खानेकुरा सकेसम्म धेरै समावेश गर्नुस् । यसले तौल कम राख्न मद्दत मिल्छ । प्रशोधित र अधिक तेल मसला भएका खानेकुरा सकेसम्म नखानुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप