पोखराको दृष्टिविहीन आश्रममा आगलागी, सामान बेचेर जम्मा गरेको ९ लाख जल्यो
बिहीबार, ३० कात्तिक २०८०, २२ : ३९
पोखरा । पोखरा महानगरपालिका २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीका कारण ७५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । पाँच कोठे भवन जलेर नष्ट भएको दृष्टिविहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू जलेर नष्ट भएका हुन् । विक्रीका लागि तयारी अवस्थामा रहेको उत्पादन ३४ लाखको क्षति भएको हो ।
तिहारमा उनीहरुले विक्री गरेर आश्रममा राखेको ९ लाख रुपैयाँ पनि जलेको छ । घरको भवनको करिब २५ लाख र खाद्यान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले बताए । घर जलेपछि अपाङ्गता भएकाहरूको बिचल्ली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण