झापा र भोजपुरबाट २० जुवाडे पक्राउ

काठमाडौँ । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति र शुक्रवार बिहान गरेको अप्रेसनमार्फत २० जुवाडेलाई नियन्त्रणमा लिएको हो । ।
शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।
त्यस्तै बिहीबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटेल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट नगद १३ हजार ४० रुपैयाँ र १ बुक तास बरामद भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन