हेटौँडामा यस्तो छ छठको तयारी (तस्बिरहरु)
हेटौँडा । हेटौँडामा छठको रौनक सुरु भएको छ । हेटौँडासहित मकवानपुरको विभिन्न स्थानमा छठ पर्वको रौनक सुरु भएको हो । विशेषतः तराईका जिल्लामा मनाइने यस पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाउने गरिएको छ । मिथिलाञ्चल क्षेत्रमा विशेष रूपमा मनाइने छठ केही वर्षयता हेटौँडामा पनि विशेष महत्वका साथ मनाउने गरिएको छ
_DC5UaAoCWk.jpg)
छठ पर्वका लागि हेटौँडाको राप्ती नदी किनारमा पण्डाल निर्माण गरिएको छ । नदी किनारमा पण्डाल र मनोरञ्जनका विभिन्न स्टलहरू राख्ने व्यवस्था मिलाइएको छ । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुने पर्व छठ पर्वको तयारी गरिएको हो । संयुक्त मधेसी सेवा समाजको मुख्य आयोजनामा हेटौँडाको राप्ती नदी किनारमा भक्तजनहरूको सुविधाका लागि टेन्ट हालेर स्टलहरू निर्माण गरिएको हो ।
_79k5xu2hX6.jpg)
छठ पूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले शनिवारसम्म सम्पूर्ण तयारी पूरा हुने जानकारी दिए । छठ पर्वलाई भव्य रूपमा मनाउन हेटौँडा उपमहानगरपालिका–१ राप्ती तटमा ६०० फिट लामो पण्डाल बनाइएको उनले बताए ।
छठ पूजा व्यवस्थापनको लागि बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुगमन समेत गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँ, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामा, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल लगायतको टोलीले अनुगमन गरेको हो । छठ पर्वमा भक्तजनको सहजता र सुरक्षाका लागि छलफल समेत गरिएको छ ।
_ok8w7ioJUy.jpg)
_UwBGB2lkqE.jpg)
_TRNdrEGmNI.jpg)
_z2sRmNwytS.jpg)
_ae1bZGl4R9.jpg)
_luVlHXhz0h.jpg)
_7Pxok8R12K.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण