गरिबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिलवालले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए । बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको उनले बताए । देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको उनले बताए ।
अध्यक्ष सिलवालले मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने बताए । उनले आउने समय बीमाको हिसाबमा अझै सुखमय हुने बताए । आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको उनले बताए । उनले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए ।
कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो । कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बीमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण