शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा उड्योे ४७ सिट क्षमताको जहाज

बुधबार, २१ चैत २०७४, १४ : ३६
बुधबार, २१ चैत २०७४


पूर्णबहादुर खड्का
सुर्खेत–कर्णाली–काठमाडौं सिधा हवाई सेवाका लागि बुद्ध एयरले बुधबार परीक्षण उडान गरेको छ । कर्णाली प्रदेशको राजधानीलाई हवाई सेवामार्फत संघीय राजधानी काठमाडौंसँग जोड्नका लागि नाइन एन –एआइएन नम्बरको कल साइनको बुद्ध एयरले बुधबार परीक्षण उडान गरेको हो । 
नियमित उडान गर्न परीक्षणका लागि क्याप्टेनद्वय रञ्जनकुमार शर्मा र आङ्गेलो शेर्पा लगायतका प्राविधिक सहितको टोलिले परीक्षण उडान गरेका थिए । ४७ सिट क्षमताको उक्त जहाजसहित प्राविधिक टोलीले रनवे, भौगोलिक अवस्था, लगाएतको परीक्षण गरेको हो । 
परीक्षण उडान पश्चात क्याप्टेन आङ्गेलो शेर्पाले यो विमान स्थल उडानका लागि उपयुक्त भएको बताए । उनका अनुसार करिव ३५÷४० जना यात्रु राखेर अवतरण र उडान गर्न सकिने बताए । गर्मी सिजनमा ५÷७ जना कम राख्नुपर्ने र अन्य समयमा ३५÷४० जना यात्रुको संख्यामा उडान गर्न सकिने जानकारी दिए । 
भाडादर साढे ५ देखि साढे १० हजार
४७ सिट क्षमता भएको जहाजको परीक्षण सफल भएको र प्राविधकि सहितको टोलीले प्रतिवेदन तयार गरी पेशगरेपछि मात्रै नियमित उडान भर्न सकिने बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले जानकारी दिए । 
सुर्खेत–काठमाडौँ उडानका लागि माग अनुसार दैनिक २ वटा उडान भर्न सकिने निर्देशक बस्नेतले भनाई छ । सुर्खेत–काठमाडौँका लागि न्युनतम भाडादर ६ हजार पाँच सय र अधिकतम १० हजार पाँच सय हुने उनको भनाई छ ।  
सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार दुई सय ५५ मिटर मात्र छ । यसको चौडाई ३० मिटर रहेको विमानस्थल सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए । 
स्वागतका लागि विमानस्थल प्रदेश सरकार
कर्णालीमा पहिलो पटक उडान भर्न लागेको बुद्ध एयरको टोलीलाई सुर्खेतमा भव्य स्वागत समेत गरिएको छ । प्रदेश सरकारका पदाधिकारी सहितको टोलीले स्वागत गरेको हो । जसमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, र भौतिक पूर्वाधार मन्त्री खड्ग खत्री लगाएतले विमानस्थलमा पुगी स्वागत गरेका थिए । साथै अव नियमित उडानका लागि समेत आग्रह गरेका थिए । 
त्यसैगरी, विभिन्न उद्योगी व्यवसायी, उद्योग वाणिज्य संघ, लगाएत राजनितिक दल लगाएतले स्वागत गरेका थिए । 
पहिलो पटक ठुलो जहाज आएकाले यँहाका नागरिक निकै हर्षित भएका छन् । अव नियमित उडान गर्न बुद्ध एयरका पदाधिकारीलाई समेत आग्रह गरेको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप