संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ : कोइराला
शनिबार, ०२ मङ्सिर २०८०, २० : १३
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको आज यहाँ विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुर्ने बताए ।
उनले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिए । नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताए । सो अवसरमा पुस्तक लेखक खरेल र न्यू सृष्टि दैनिकका सम्पादक निर्मला ढुङ्गाना, मेरी ल्याण्ड कलेजका प्रमुख लक्ष्मण खनालले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण