कर्णालीको आर्थिक विधेयक पारित, बजेट ल्याउने बाटो खुला
सुर्खेत–कर्णाली प्रदेश सरकारको आर्थिक कार्यविधि विधेक फाष्टट्रयाकबाट पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।
प्रदेशसभाको साताँै बैठकले उक्त आर्थिक कार्यविधि विधेयक सर्वसम्मत पारित गरेको हो ।
कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियमावली नियम १ सय ९ को उपनियम १ बमोजिम फास्टट्रयाक मार्फत आर्थिक विधेक पारित गरिएको हो । आर्थिक विधेकमाथि छलफलका लागि ७२ घण्टा समय दिइने व्यवस्था भएपनि फष्टट्रयाक अर्थात द्रुत गतिबाट सर्वसम्मत पारित गरिएको थियो ।
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत शुक्रबार प्रदेशसभामा पेश गरेका थिए ।
प्रदेश सरकारको बजेट विनियोजन गर्न र आर्थिक पारदर्शीता कायम गर्न सरकारलाई बाटो खुलेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।
‘मौलाउँदै गएको भ्रष्टाचार र कर्मचारीहरुले गर्ने मनपरी खर्च समेत अव नियन्त्रण हुन्छ’ मन्त्री ज्वालाले बताए ।
अव प्रदेश सरकारले यस आर्थिक वर्षको ४ महिनाको लागि आंशिक बजेट ल्याउने छ । यो कार्यविधि पास नभएसम्म बजेटको कुनै पनि काम गर्न मिल्दैनथियो ।
आर्थिक कार्यविधि विधेक छलफलका लागि निलम्बन गरियोस भन्ने प्रस्ताव गर्नका लागि सांसद एवम् माओवादी केन्द्रिकी मुख्य सचेतक सीता नेपालीले आर्थिक कार्यविधि विधयेक छलफलका लागि निलम्बन गर्ने प्रस्ताव पेश गरेकी थिइन् ।
सो प्रस्तावलाई एमाले मुख्य सचेतक गुलावजंग शाहले समर्थन जनाएका थिए ।
प्रदेश सभाको बैठक आगामी २६ गते दिउँसो बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण