लागु औषधसहित युवक पक्राउ
सोमबार, ०४ मङ्सिर २०८०, १६ : ५३

स्याङ्जा । स्याङ्जामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई सोमबार दिउँसो नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
उनले घरमा लागुऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले उनको घरमा राखेको उक्त लागुऔषध फेला पारी पक्राउ गरेको जानकारी दिइएको छ ।
उनको साथबाट डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुलसहित प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
बैतडीमा किशोरी बलात्कृत
-
लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली