लागु औषधसहित युवक पक्राउ
सोमबार, ०४ मङ्सिर २०८०, १६ : ५३
स्याङ्जा । स्याङ्जामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई सोमबार दिउँसो नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
उनले घरमा लागुऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले उनको घरमा राखेको उक्त लागुऔषध फेला पारी पक्राउ गरेको जानकारी दिइएको छ ।
उनको साथबाट डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुलसहित प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण