बैंकहरुले २ प्रतिशत भन्दा बढी ब्याज फरक पार्न नपाउने
मङ्गलबार, ०५ मङ्सिर २०८०, ११ : ०४
काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदरको विषयमा सचेत गराएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशत भन्दा बढीले फरक पार्न नपाइने केन्द्रीय बैंकले जनाएको हो ।
ग्राहकहरुकाबीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिनुपर्ने बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण