कविता : धन्य हो वीरवर सिन्धुलीगढी
आधुनिक हतियार र सैन बल साथ ब्रिटिस लम्किरह्यो ।
एसिया अधिनस्थ गर्ने भनी ती खुब् आक्रामक नै बन्यो ।।
नेपाल जित्न भनी ससैन्य हमला श्रीसिन्धुलीमा गरे ।
गोर्खाली जन–सैन्यको प्रत्याक्रमण, ब्रिटिस हारमा झरे ।।
मीठो स्वाद मिल्यो परास्त पिरको, घुँडा टिक्यो दम्भले
सूर्य अस्त हुँदैन भन्ने कहावत् झुटो बन्यो युद्धले ।।
खुँडा–खड्गसँगै ती ढाल र तरबार, निशान छाप झैँ बने ।
उल्र्यो रक्त नदी ब्रिटिस खुनको, रक्ताम्यले घर गर्यो ।।
सगरमाथाको देश जित्ने सपना, आत्म रती नै बन्यो ।
पराई दम्भ र गर्वको धुकधुकी धूलो नै चाट्दो भयो ।।
नेपाली विजयोत्सव र जय घोष, धर्ती आकाश गुञ्जियो ।
गोरखकाली र पशुपति प्रभू कृपा हिमपात झैँ वर्षियो ।।
राजा प्रजा सबै प्रफुल्लित बने, हर्षाश्रुले घर गर्यो ।
साम्राज्यै सपना धुलो भई बन्यो, हाम्रो अभिमान बच्यो ।।
वीर गोर्खाली थप्यो सुम्य पदवी, कसकै वशीभूत् नभै ।
हिमाल झैँ अविचल छ दिव्य इतिहास्, नेपाली जातित्वको ।।
पुर्खाको अति गर्विलो छ पराक्रम यस रीतको भन्ने बुझी ।
सम्हाल्नु छ सबै दायियत्वहरूको माला उनी राष्ट्रको ।।
सन्ततिहरूलाई अंश दिनु छ, पुख्र्यौली पौरखको ।
सन्तान योग्य बनाउनु छ अब लौ थामून् धरा गर्वको ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण