फ्रान्सको शत प्रतिशत नतिजामा ग्रिसको पूर्णविराम
एथेन्स । ग्रिससँग बराबरीमा रोकिएपछि युरो २०२४ छनोटमा शत प्रतिशत नतिजा निकाल्ने फ्रान्सको सपनामा तुहिएको छ । बुधबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो ।
पेरिस सेन्ट जर्मेनका फरवार्ड रान्डाल कोलोले पहिलो हाफको अन्त्यमा फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा अनास्टासियोस बाकासेटासले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरे ।
५ मिनेटपछि फोटिस लोनिडिसले गोल गर्दै ग्रिसलाई अप्रत्याशित अग्रता दिलाए । खेल सकिन १६ मिनेट बाँकी छँदा योसुफ फोफानाले फ्रान्सका लागि बराबरी गोल फर्काएका थिए ।
फ्रान्सले यसअघिका सातवटा खेलमा एक मात्र गोल खाएको थियो । बराबरीपछि पनि फ्रान्स समूह बीको शीर्ष स्थानमा रहँदै युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ ।
समूहकै अन्य खेलमा जिब्राल्टारलाई ६–० गोलले हराउँदै नेदरल्याण्ड्स समूहबाट दोस्रो हुँदै प्रतियोगितामा प्रवेश गरेको छ । १३ अङ्कसहित ग्रीस तेस्रो स्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण