डिजिटल प्रविधिको विकाससँगै पुस्तक पढ्नेहरुको कमी भयो : मेयर महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा पुस्तक पढ्नेहरुको कमी हुँदै गएको बताएका छन् । दक्षिण एसियाली पुस्तक प्रदर्शन, २०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् । पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताए ।
उनले ललितपुर महानगरले पुस्तकालयहरुलाई प्राथमिकतामा राख्ने गरेको बताए । उनले पुराना पुस्ताकालयहरुलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरु थप्ने योजनामा रहेको बताए ।
महर्जनले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताए । उनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्ताकालयमा गएर पुस्तक अध्ययन गर्नेहरुमा कमी आएको बताए ।
‘सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरु पाउने भएकाले पछिल्लो समय पुस्तकालयमा अथवा पुस्तक पढ्ने मानिसहरु क्रमश कम हुँदै गएको महशुस भएको छ’ उनले भने, ‘पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरु धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिकाहरु पढ्न नपाएको भन्ने मानिसहरु कमै छन् । पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । अमेरिकन पुस्तकालयहरुमा धेरै जाने गरेका थियौं । बाहिर पुस्तक किन्न पहुँच थिएन । तर अहिले इन्टरनेटका कारण कुनै पुस्तक पढ्न मन लाग्दा तत्काल हातमा भेटिन्छ ।’
महर्जनले ललितपुर महानगरपालिकाले पुस्तकालय बनाउने विषयमा पुनः जागरण ल्याउने काम गरिरहेको समेत बताए । उनले भने, ‘पुस्तक अध्ययन गर्ने परम्परा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा पुस्तकको नाम तोकेर नै अध्ययन गर्ने भनेर आउनेहरु कम छन् । तर ललितपुर महानगरपालिकाले नगरपालिका भित्र रहेका पुस्ताकालयहरुलाई पुनः जागरण ल्याउने काम गरिरहेका छौं । पुस्ताकालय बनाउने विषयमा महानगरको प्राथमिकतामा छ ।’
उनले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण