पार्टी प्यालेसबाट प्रसाईंका समर्थकलाई लखट्नेहरुबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा आएका महिलाहरुलाई लखेट्नेहरुबारे प्रहरीले अनुसन्धान थालेको छ ।
मंगलबार मध्यराति पाँच–सात जनाको समूहमा रहेको युवाहरुले जडीबुटीस्थित इन्द्रसान पार्टी प्यालेसमा आराम गरिरहेका महिलाहरुलाई अमानवीय तवरले लखेटेको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आँखा अस्पताल नजिकै रहेको सो पार्टी प्यालेस भक्तपुरमा पर्ने हुनाले जिल्ला प्रहरी परिसर भक्तपुरले त्यसबारे अनुसन्धान सुरु गरेको छ । घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । प्रहरीले घटनास्थलमा पीडितहरुले खिचेको भिडियो फुटेज विश्लेषण गरिरहेको छ । डीएसपी पाठक भन्छन्,‘घटनामा संलग्नहरुको पहिचान गर्ने प्रयास गरिरहेका छौँ ।’
युवाहरुले ३४–३५ जना महिलाहरुलाई कपडा समेत लगाउन नदिएर अमानवीय तवरले सो पार्टी प्यालेसबाट बाहिर पठाएको भिडियो सामाजिक संजालमा फैलिएको छ । जडीबुटीबाट युवाहरुले हटाएपछि उनीहरुलाई प्रसाईं समर्थकहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सो घटनाको नेतृत्व खोटाङ घर भएका विनोद राई र कौशलटार बस्ने चिनियाँ राईले गरेका थिए । विनोद राई दरबारमार्गमा प्रसाईंलाई कालोमोसो दल्नेमध्येका युवक भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण