‘डंकी’मा ४ लुक्समा देखिँदै शाहरुख
मुम्बई । अभिनेता शाहरुख खान पछिल्लो समय फिल्म ‘डंकी’को कारण चर्चामा छन् । फिल्ममा शाहरुखको अलावा तापसी पन्नु, विक्की कौसल, बोमन ईरानी, विक्रम कोचर र धमेन्द्रको समेत अभिनय छ ।
फिल्ममा अभिनेता अजयकुमार पनि मुख्य भूमिकामा छन् । अजय कुमारले फिल्ममा शाहरुखले ४ अलग अगल लुक्समा काम गरेको खुलासा गरेका छन् ।
‘शाहरुखले फिल्मलाई महत्वका साथ लिएका छन् । एक दृश्यका लागि ६ घण्टासम्म काम गरेका छन्’, अजय कुमारले भने ‘शाहरुखको फिल्ममा ४ अलग अलग लुक्स छ ।’
केही अगाडि दीपावलीको अवसरमा ‘डंकी’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको थियो । एक पोस्टरमा शाहरुख स्कुटरमा चढेको देखिएका थिए । अर्कोमा उनको पछाडि तापसी पन्नु र विक्रम कोचर सरदारको भूमिकामा प्रस्तुत भएका छन् ।
फिल्मको कथा विदेशबाट आफ्नो घर र देश फर्कन चाहनेहरूबाट प्रेरित छ । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यसै फिल्म मार्फत राजकुमार हिरानी र शाहरुख खान पहिलो पटकसँगै काम गर्दैछन् । हिरानीलाई सञ्जु, पीके, ३ इडियट्स र मुन्ना भाइ सिरिज जस्ता ब्लकबस्टर फिल्मका लागि चिनिन्छ । ‘डंकी’ आगामी क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण