५ जना एसएसपीको पदस्थापन
बिहीबार, ०७ मङ्सिर २०८०, २१ : २७
काठमाडौं । गृह मन्त्रालयले बढुवा भएका ५ जना प्रहरी वरिष्ठ उपरिक्षकहरुको पदस्थापन गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहिबार एसएसपीहरुको पदस्थापन गर्ने निर्णय गरेका हुन् ।
वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन गरिएको छ । रविकुमार पौडेललाई बागमति प्रदेश प्रहरी कार्यालय, नविनराज राईलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, बीर बहादुर ओलीलाई कर्णाली प्रदेश र चन्द्रदेव राईलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
उनीहरुलाई प्रहरी महानिरिक्षक वसन्त कुँवरले बुधवार फुली लगाइदिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण