मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु
हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बाघको आक्रमणबाट चितवनका एकजना पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटना भएको खबर पाउनासाथ अनुशन्धान र मुचुल्काको लागी ईलाका प्रहरी कार्यलय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त