मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु
हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बाघको आक्रमणबाट चितवनका एकजना पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटना भएको खबर पाउनासाथ अनुशन्धान र मुचुल्काको लागी ईलाका प्रहरी कार्यलय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण