चितवनमा ११ औँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन हुँदै
काठमाडौँ । नेपाल फिजियोथेरापी संघ (नेप्ता)को आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन हुने भएको छ ।
यही मङ्सिर १६ गते ‘सबैको लागि फिजियोथेरापीः समग्र नेपालको स्वास्थ्य प्रणाली प्रबन्धनको लागि आयामहरूको खोजी’ भन्ने सन्देशका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो ।
उक्त सम्मेलनमा पाँचजना अन्तर्राष्ट्रियस्तरका स्रोत व्यक्ति र सात जना नेपालभित्रकै स्रोत व्यक्तिहरूले फिजियोथेरापी सम्बन्धित खोज तथा अनुसन्धान पेपर प्रस्तुति दिनेछन् ।
साथै फिजियोथेरापी अध्ययनरत विद्यार्थीहरूबाट विभिन्न विषयमा सोधपत्र तथा तथ्याङ्क पेपर, पोस्टर एवं ई–पेपर प्रस्तुत गरिने भएको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिजियोथेरापी अध्ययनरत ५०० विद्यार्थी सहभागी हुने नेप्ताका केन्द्रीय महासचिव विनय कँडेलले जानकारी दिए ।
नेपाल फिजियोथेरापी संघले यसअघि सम्मेलन काठमाडौँमा मात्रै आयोजना हुँदै आएको थियो । ११ औँ सम्मेलन भने काठमाडौँ उपत्यका बाहिर चितवनमा गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
-
बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’
-
‘किङ अफ द नर्थ’ एन्डी बर्नहम संसद्मा निर्वाचित, प्रधानमन्त्री स्टार्मरको पद सङ्कटमा
-
‘लोक-दोहोरी क्षेत्रमा फोहोरीहरूको प्रवेश भयो, मौलिकपन हराउँदै गयो’
-
लोप हुँदै थारु समुदायको ‘ढकिया’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण