बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

आइतबार, १० मङ्सिर २०८०, १२ : ५६
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कास्की, बर्दिया, मोरङ, कैलाली लगायतका जिल्लाबाट लागु औषधसहित ६ जना पक्राउ परेका हुन् । 

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस स्थित सडकबाट ४ केजी गाँजासहित धादिङ गजुरी गाउँपालिका–३ घर भएका २० वर्षीय विनोद पक्राउ परेका छन् । उनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै बर्दियाबाट पनि दुई पुरुष पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका ८ पशुपति बजारबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरिया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्याप्रसाद धोबी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे १ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत  १ किलो ३ सय ग्राम गाँजासहित शनिवार साँझ पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनको घरबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३४ वर्षीय साजित चौधरी पक्राउ परेका छन् । उनलाई  शनिवार राति प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

यता, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट ६ केजी गाँजासहित चितवन रत्ननगर नगरपालिका–३ लौरीचोक बस्ने २० वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा

बसमा सवार लामालाई गाँजासहित आइतबार बिहान पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप