जाजरकोट भूकम्प : त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु
सोमबार, ११ मङ्सिर २०८०, ०९ : ३९
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।
नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण