सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकसँग गणतन्त्र फ्याँक्छु भन्न पाउने अधिकार छ : महामन्त्री थापा

सोमबार, ११ मङ्सिर २०८०, १७ : ३५
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकसँग गणतन्त्र फ्याँक्छु भन्न पाउने हक अधिकार रहेको बताएका छन् । सोमबार कांग्रेस नवलपुर जिल्ला सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले भने,‘पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने को हुन् ? ती मानिसले काठमाडौँमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन् ।’ त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको भएको उनको भनाइ थियो ।  

उनले भने,‘हिजो एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को ? त्यसलाई ठेगान लगाउने काम राज्यको हो । गलत गर्नेले दण्ड पाउनुपर्छ ।’

सार्वजनिक मञ्चबाट बैंकवालालाई ठेगान लगाइदिन्छु भन्ने अभिव्यक्ति दिनेलाई राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने थापाले बताए ।

यस्तै उनले भ्रष्टाचारले गर्दा नागरिकहरू नेता र पार्टीहरूसँग रिसाएको बताए । एक सुका पनि भ्रष्टाचार हुन दिनौँ भन्ने कुरा नागरिकलाई कांग्रेसले आश्वस्त पार्नुपर्ने उनले बताए ।

२०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने थापाले बताए । 

 ‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्ने ? बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही होइन ?,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप