नागरिकसँग गणतन्त्र फ्याँक्छु भन्न पाउने अधिकार छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकसँग गणतन्त्र फ्याँक्छु भन्न पाउने हक अधिकार रहेको बताएका छन् । सोमबार कांग्रेस नवलपुर जिल्ला सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने,‘पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने को हुन् ? ती मानिसले काठमाडौँमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन् ।’ त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको भएको उनको भनाइ थियो ।
उनले भने,‘हिजो एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को ? त्यसलाई ठेगान लगाउने काम राज्यको हो । गलत गर्नेले दण्ड पाउनुपर्छ ।’
सार्वजनिक मञ्चबाट बैंकवालालाई ठेगान लगाइदिन्छु भन्ने अभिव्यक्ति दिनेलाई राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने थापाले बताए ।
यस्तै उनले भ्रष्टाचारले गर्दा नागरिकहरू नेता र पार्टीहरूसँग रिसाएको बताए । एक सुका पनि भ्रष्टाचार हुन दिनौँ भन्ने कुरा नागरिकलाई कांग्रेसले आश्वस्त पार्नुपर्ने उनले बताए ।
२०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने थापाले बताए ।
‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्ने ? बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही होइन ?,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण