प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा
काठमाडौँ । सातै प्रदेशका गृह मन्त्रीहरू काठमाडौँ आएका छन् । प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउन उनीहरू काठमाडौँ आएका हुन् ।
मधेस प्रदेशका गृह, कानुन तथा सञ्चामन्त्री मोहम्मद समिमले आफ्ना समस्याहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई राख्न आफूहरू काठमाडौँ आएका हौ’, गृहमन्त्री समिमले भने, ‘लिखित रूपमा प्रधानमन्त्रीलाई आफ्ना धारण राख्छौ ।’
उनले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको छ । प्रदेश सरकारहरूले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो छ । यसअघि मधेस प्रदेश सरकारले प्रहरी समायोजनमा ढिला गरे आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी दिँदै आएकोमा यस पटक सबै प्रदेशका गहृमन्त्रीहरु एकै ठाउँ उभिएर केन्द्र सरकारलाई दबाब दिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण