‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्न मलेसिया उडे आरुष र एल्भिरा
काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका आरुष भट्टराई र एल्भिरा महर्जनले गर्ने भएका छन् । कोटाकिना बालु शहरमा नेभेम्बर २८( मंगलबार)देखि डिसेम्बर ३सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन उनीहरू सोमबार साँझ मलेसिया उडेका हुन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । प्रतियोगितामा आरुष र एल्भिराले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धन गर्नेछन् ।
प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाले नेपालमा पर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको विषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फजुले जानकारी दिए ।
आरुष भट्टराई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘किड्डी फेस अफ द इयर २०२३’ का विजेता हुन्, भने एल्भिरा महर्जन ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’की विजेता हुन् । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण