काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गर्ने युवक पक्राउ
काठमाडौँ । काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी छन् ।
रेग्मीले हारजित हुनेगरी काठमाडौँमा बसेर अमेरिकामा अनलाइन मार्फत जुवा सञ्चालन गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । जुवा मार्फत उनले १ करोड ९५ लाख ९५ हजार कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न प्र्रहरी अधिकृतहरुका अनुसार रेग्मीले काठमाडौँमा बसेर जुवाडेहरूलाई ‘अकाउन्टिङ’ गरिदिने गरेका थिए । ‘यहाँबाट म्यानेजमेन्ट टिमलाई डेभिड र क्रेडिट गरिदिने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीले क्यास एप मार्फत जुवा खेलाउने गरेको देखिन्छ ।’
आकाशले दुई वर्षदेखि जुवा खेलाउँदै आएको प्रहरीसँग स्वीकार गरेका छन् । रेग्मीका दाजु अमेरिकामा बस्ने हुनाले त्यहाँको ‘युजर आइडी’बाट काठमाडौँमा बसेर अनलाइन जुवा ह्याण्डलिङ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण