लगानी सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई सुदूरपश्चिम सरकारले २५ हजार ५५५ पुरस्कार दिने
धनगढी । सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुस्कृत गर्ने भएको छ । फागुन २३ र २४ गते आयोजना गर्न लागिएको सम्मेलनको उत्कृष्ट लोगो तयार गनेलाई २५ हजार ५५५ रुपैयाँले पुरस्कृत गर्ने भएको हो ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको बताएको छ । सूचनामा भनिएको छ, ‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ ।’
लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, शर्तहरू छनौट प्रक्रिया तोकेको छ । ‘लोगोको फाइल तस्विर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तीमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्नेलगायत मार्गदर्शनमा उल्लेख छ ।
मन्त्रालयले प्रतियोगिताका लागि पठाइएको लोगो फिर्ता नहुने, लोगो मौलिक भएको भनी स्वयं प्रमाणित गरिएको पत्र पठाउनुपर्ने, लोगोको निर्माण पक्षले प्रतिलिपि अधिकारसहित कुनै पनि अधिकारको दाबी प्रस्तुत गर्न नपाउने लगायतका सर्तहरू राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण