चिकित्सकको प्रेस्क्रिप्सन बिनाका औषधि बजारमा
काठमाडौँ । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको छ । औषधि व्यवस्था विभागको नियमित निरीक्षणको क्रममा प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण भएको पाइएको हो ।
बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ ।
प्रति जैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधिले काम नगरेको अवस्था रहेको उनले बताए ।
उनले औषधि ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने महानिर्देशक ढकालले बताए । औषधि खरिद गर्नु पूर्व चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै ढकालले औषधिको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरे ।
उनले औषधि पसलबाट मात्र औषधिको खरिद गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण