सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकको प्रेस्क्रिप्सन बिनाका औषधि बजारमा

शुक्रबार, १५ मङ्सिर २०८०, ११ : १०
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको छ । औषधि व्यवस्था विभागको नियमित निरीक्षणको क्रममा प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण भएको पाइएको हो ।

बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १७  को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ ।

प्रति जैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण भएको र ती औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि कम भई औषधिले काम नगरेको अवस्था रहेको उनले बताए । 

उनले औषधि ऐन विपरीत त्यस्ता काम र कारबाही गरेको पाइएमा कारबाही हुने महानिर्देशक ढकालले बताए । औषधि खरिद गर्नु पूर्व चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सन आवश्यक पर्ने बताउँदै ढकालले औषधिको अनिवार्य प्रेस्क्रिप्सन लिन समेत अनुरोध गरे ।

उनले औषधि पसलबाट मात्र औषधिको खरिद गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप