शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

शुक्रबार, १५ मङ्सिर २०८०, १३ : ५२
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पुँजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको एक करोड सोह्र लाख थान साधारण शेयर जारी गर्न लागिएको हो । 

त्यसका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।  जसअनुसार शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनी हो । यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप