राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।
आइतबार बसेको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए ।
बैठकले जेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै जेठ ८ गते काठमाण्डौंको साँखुबाट जनआन्दोलन प्रारम्भ हुनुअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
जेठ ११ गतेसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सयौं सभाहरु गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
जनआन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागीताका लागि घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।
आज बिहानमात्रै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण