सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा

आइतबार, २८ वैशाख २०८२, १८ : २३
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई निजी विद्यालयमा छापा हानेको छ । बुढानिलकण्ड नगरपालिका–६ मा रहेको युरो स्कुल र टोखा नगरपालिका–४ मा रहेको मिल्सवेरी इन्टरनेशनल स्कुलमा विभागले छापा हानेको हो ।

छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागका निरीक्षण अधिकृत अमित कुमार झाले विद्यालयहरूले इन्टरनेसनल ब्याक्कालेरेट (आईबी) नाममा सरकारी विद्यालयहरूको कोर्ष पढाउने गरेको पाइएको बताए । 

आईबी भनेर सिंगापुरको फ्रेन्चाईज लिएर सरकारी विद्यालयहरूको पाठ्यक्रम नै पठनपाठन गराउँदै आएको बताए । ‘सिंगापुरबाट आईबीको फ्रेन्चचाइज ल्याएर चलाएका छन् । तर, हेर्दा खेरी त्यो अनुसार भएको छैन,’ झाले भने । 

यूरो स्कुलले कक्षा १ मा पढ्ने विद्यार्थीबाट मासिक ३६ हजार ५०० रूपैयाँ शुल्क लिने गरेको पाइएको छ । आईबीको नाममा उक्त शुल्क लिएर अभिभावकहरूलाई ठगी गर्दै आएको पाइएको हो । 

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ अनुसार कहीँ कतै नमिलेको बताउँदै उनीहरू तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन जारी गरिएको बताए । 

ती स्कुलहरूले बस भाडा समेत ४ हजारदेखि ८ हजारसम्म लिने गरेको पाइएको हो । त्यस्तै भर्ना शुल्क नै डेढ लाख सम्म बुझाउने गरेको पाइएको छ ।

विदेशी बोर्ड भनेर सरकारी कोर्ष नै पढाइरहेका र विद्यार्थीबाट शुल्क भने विदेशी बोर्ड भनेर लिने गरेको उनको भनाइ छ । उनीहरूले पढाउने कोर्ष समेत नेपाली शिक्षकहरूले नै लेखेका किताब पढाउने गरेको पाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप