काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई निजी विद्यालयमा छापा हानेको छ । बुढानिलकण्ड नगरपालिका–६ मा रहेको युरो स्कुल र टोखा नगरपालिका–४ मा रहेको मिल्सवेरी इन्टरनेशनल स्कुलमा विभागले छापा हानेको हो ।
छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागका निरीक्षण अधिकृत अमित कुमार झाले विद्यालयहरूले इन्टरनेसनल ब्याक्कालेरेट (आईबी) नाममा सरकारी विद्यालयहरूको कोर्ष पढाउने गरेको पाइएको बताए ।
आईबी भनेर सिंगापुरको फ्रेन्चाईज लिएर सरकारी विद्यालयहरूको पाठ्यक्रम नै पठनपाठन गराउँदै आएको बताए । ‘सिंगापुरबाट आईबीको फ्रेन्चचाइज ल्याएर चलाएका छन् । तर, हेर्दा खेरी त्यो अनुसार भएको छैन,’ झाले भने ।
यूरो स्कुलले कक्षा १ मा पढ्ने विद्यार्थीबाट मासिक ३६ हजार ५०० रूपैयाँ शुल्क लिने गरेको पाइएको छ । आईबीको नाममा उक्त शुल्क लिएर अभिभावकहरूलाई ठगी गर्दै आएको पाइएको हो ।
संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ अनुसार कहीँ कतै नमिलेको बताउँदै उनीहरू तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन जारी गरिएको बताए ।
ती स्कुलहरूले बस भाडा समेत ४ हजारदेखि ८ हजारसम्म लिने गरेको पाइएको हो । त्यस्तै भर्ना शुल्क नै डेढ लाख सम्म बुझाउने गरेको पाइएको छ ।
विदेशी बोर्ड भनेर सरकारी कोर्ष नै पढाइरहेका र विद्यार्थीबाट शुल्क भने विदेशी बोर्ड भनेर लिने गरेको उनको भनाइ छ । उनीहरूले पढाउने कोर्ष समेत नेपाली शिक्षकहरूले नै लेखेका किताब पढाउने गरेको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण