मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट

आइतबार, २८ वैशाख २०८२, १८ : ३५
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । उनलाई वैशाख १६ गते नै अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको सिफारिस समितिको सदस्य नियुक्त गरिएको थियो । पदमा बहाल रहेकै अवस्थामा गठन भएकाे सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।

रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप