मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उच्च अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : यी हुन् धरौटी माग गरिएका र थुनामै रहने प्रतिवादी  (आदेशसहित)

शुक्रबार, १५ मङ्सिर २०८०, १६ : ३४
शुक्रबार, १५ मङ्सिर २०८०

ललितपुर । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश सुनाएको छ । ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २१ जना प्रतिवादीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग ३० लाख रुपैयाँ धरौटी माग गरिए पनि उनी तत्काल रिहा नहुने भएका छन् । उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् । 

तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् । अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् । 

अन्य प्रतिवादीको हकमा भने धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ । 

1234567891011

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप