२२ घण्टामा साढे १० करोडले हेरे सलारको ट्रेलर
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म सलारको ट्रेलर रिलिज भएको छ । शुक्रबार १ डिसेम्बरमा रिलिज भएको यो ट्रेलर रिलिज हुने बित्तिकै ट्रेन्डिङमा थियो । युट्युबमा ५ ओटा भाषामा रिलिज भएको फिल्मको ३ मिनेट ४७ सेकेन्डको ट्रेलरलाई २२ घण्टामा १० करोड ५० लाख पटक हेरिएको थियो ।
रिलिजको ३० मिनेटमै ट्रेलरले ३२ लाख भ्यू पाएको थियो । सबैभन्दा धेरै भ्यू हिन्दी भाषामा ५ करोड १० लाख थियो ।
केजीएफको झल्को दिने फिल्म
फिल्म दुई जना मित्रको कथामा आधारित रहेको ट्रेलरबाट देखिन्छ । फिल्मले कता कता केजीएफ र केजीएफ टूको झल्को दिन्छ । ३ मिनेट ४७ सेकेन्डको यो ट्रेलरमा प्रभासको इन्ट्री निकै पछाडि मात्रै देखाइएको छ । प्रभास आउनेबित्तिकै हाई लेभल एक्शन देख्न पाइन्छ । फिल्म इमोशन, एक्शन र ड्रामाले भरपूर रहेको ट्रेलरले देखाएको छ ।
सलार २२ डिसेम्बरमा रिलिज हुँदै छ । यसको निर्देशक प्रशान्त नील हुन् । नीलले यस अघि केजीएफ, केजीएफ–२ जस्ता सुपरहिट फिल्मको निर्देशन गरिसकेका छन् । फिल्ममा प्रभासको साथमा पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबु महत्त्वपूर्ण भूमिकामा छन् ।
एक वर्षदेखि रिलिजको पर्खाइमा
फिल्म गएको वर्ष अप्रिल १४ मा रिलिज हुने बताइएको थियो । तर केजीएफ–२ को रिलिजका कारण निर्देशक नीलले यो फिल्मको रिलिज रोकिदिए । फिल्म गएको सेप्टेम्बर २८ मा रिलिज हुने बताइएको थियो । तर प्रडक्शनसँगको डिलको कारण यो मिति सरेर डिसेम्बर २२ मा पुग्यो । जुलाई ६ मा फिल्मको टिजर जारी भएको थियो । टिजरले पनि कयौँ रेकर्ड तोडेको थियो ।
प्रभासको सलार रिलिज हुने दिनमा शाहरुख खानको डंकी पनि रिलिज हुँदै छ । दुवै ठुला बजेटको फिल्म हुन् । अनि दुबैमा स्टार काष्टिङ छन् । बाहुबलीको सिक्वेलयता प्रभासले हिट फिल्म दिन सकेका छैनन् । निकै आशा गरिएको आदिपुरुषले पनि खासै कमाल गर्न सकेन । उल्टै प्रभासको करियरमा यस फिल्मले नकारात्मक प्रभाव पारेको छ । यस्तोमा सलारबाट प्रभासले निकै आशा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण