सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

आइतबार, १७ मङ्सिर २०८०, १३ : ३२
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोगले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विश्वले हरेक वर्ष तीन डिसेम्बरको दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । नेपालमा पनि यस वर्षको ३२औँ दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुने आयोगको भनाइ छ ।

‘अतः अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारका सवालमा अझै समस्या रहिरहनु उपयुक्त नभएको विषयमा संघीय, प्रदेश तथा स्थानीय तहका सरकार लगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराउँदछ’, आयोग प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यसअघि आयोगले दिएका सुझाव स्मरण गराउँदै भनिएको छ, ‘साथै आयोगले गरेका सिफारिस नेपाल सरकार लगायत सबै सरोकारवाला निकायहरूबाट पूर्ण रूपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको छ ।’

NHRC Nepal Press Rlelease-2080-8-17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप