कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए ।
त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’
-
बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना