मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

२०८४ को निर्वाचन सामना गर्न विशेष तयारी गर्नुपर्छ : माधव सापकोटा

आइतबार, १७ मङ्सिर २०८०, १८ : ०१
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चन्द्रागिरि–२ का इन्चार्ज माधव सापकोटाले रुपान्तरण विशेष अभियानले सुतेको पार्टी उठाउन मद्दत गरेको बताएका छन् । तर यतिले आगामी निर्वाचनको सामना गर्न नसकिने निष्कर्ष निकाल्दै थप कार्यक्रम ल्याएर जनतामा जानुपर्ने बताएका छन् । 

‘माओवादी तीन महिने अभियानले सुतेको पार्टीलाई जगाउने काम भएको छ’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘तर अहिलेको तयारीले २०८४ को निर्वाचन थेक्न सक्दैन । त्यसको लागि पार्टीले विशेष कार्यक्रम लिएर जनतामा जानुपर्छ ।’
तीन महिने अभियान थप एक महिना लम्बिएकाले त्यसअवधिमा प्रशिक्षण, भेला, जनपरिचालन, संगठन विस्तारमा ध्यान दिने उनले बताए । 

अभियानको समीक्षात्मक रिर्पोट बुझाउने समय पुस १६ गते भएकाले पार्टीलाई कसरी परिचालन गर्ने भन्नेमा त्यसपछि तय हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप