२०८४ को निर्वाचन सामना गर्न विशेष तयारी गर्नुपर्छ : माधव सापकोटा
आइतबार, १७ मङ्सिर २०८०, १८ : ०१
काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चन्द्रागिरि–२ का इन्चार्ज माधव सापकोटाले रुपान्तरण विशेष अभियानले सुतेको पार्टी उठाउन मद्दत गरेको बताएका छन् । तर यतिले आगामी निर्वाचनको सामना गर्न नसकिने निष्कर्ष निकाल्दै थप कार्यक्रम ल्याएर जनतामा जानुपर्ने बताएका छन् ।
‘माओवादी तीन महिने अभियानले सुतेको पार्टीलाई जगाउने काम भएको छ’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘तर अहिलेको तयारीले २०८४ को निर्वाचन थेक्न सक्दैन । त्यसको लागि पार्टीले विशेष कार्यक्रम लिएर जनतामा जानुपर्छ ।’
तीन महिने अभियान थप एक महिना लम्बिएकाले त्यसअवधिमा प्रशिक्षण, भेला, जनपरिचालन, संगठन विस्तारमा ध्यान दिने उनले बताए ।
अभियानको समीक्षात्मक रिर्पोट बुझाउने समय पुस १६ गते भएकाले पार्टीलाई कसरी परिचालन गर्ने भन्नेमा त्यसपछि तय हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण