छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौँ । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी दाङ जिल्ला घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आजै मृत अवस्थामा फेला परेको जनाइएको छ ।
कञ्चनपुर जिल्ला बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ललितपुर जिल्ला ललितपुर महानगपालिका–२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।
झापा जिल्ला गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरदह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण