अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँमा अनलाइनलाई माध्यम बनाएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । शनिवार उनीहरूलाई काठमाडौँको दरबारमार्ग र नयाँ बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुली घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भएका ३० वर्षीय अमृत रोका छन् । सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत आरोपीहरूले माग अनुसार युवतीहरूलाई यौन सम्पर्कका लागी पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रेग्मीका अनुसार आरोपीहरूले ग्राहकले बोलाएको ठाउँमा युवतीहरूलाई पठाएर कमिसन लिने गरेका हुन् । आरोपीहरू नयाँ बसपार्क र तिलिङ्गेटार लगायतका ठाउँबाट पक्राउ परेका हुन् । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण