फवाद खानले आलिया भट्टलाई किस गर्न नमानेपछि...
नयाँ दिल्ली । फवाद खान पाकिस्तानका ह्यान्सम हिरो हुन् । फवादले केही भारतीय फिल्ममा काम समेत गरेका छन् । सन् २००७ मा पाकिस्तानी फिल्म ‘खुदाके लिए’बाट डेब्यू गरेका फवादले सन् २०१४ मा बलिउडमा कदम राखेका थिए । सोनम कपुरसँग खुबसुरतमा यिनले काम गरे । केही वर्ष पछि आलिया भट्टसँग पनि कपुर एन्ड सन्समा देखिएका थिए ।
तर के तपाईँलाई थाहा छ ? फवादले आलिया र सोनमलाई अनस्क्रिन किस दिन मानेका थिएनन् । एउटा अन्तरवार्ताको क्रममा फवादलाई किसिङ सिन दिन उनले किन अस्वीकार गरेका थिए भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा फवादले भनेका थिए, ‘जो मलाई मन पराउँछन् उनीहरुको भावनाको इज्जत गर्नु पर्छ भन्ने मलाई लाग्छ । मेरा अधिकांश अडियन्सहरुलाई मैले यस्तो गरेको मन पर्दैनथ्यो, अनि मैले आफ्नो अडियन्स गुमाउन पनि सक्थे ।’
फवाद खानसँगको किसिङ सिनबारे आलिया भट्टसँग पनि सोधिएको थियो । कपुर एन्ड सन्समा आलिया र फवादको एउटा किसिङ सिन हो । सिन सुट हुने बेलामा फवाद कम्फर्टेबल थिएनन् । फवादलाई सहज महसुस गराउन हरेक पटक आलिया फवादकोे अनुहारको नजिक जान्थिन् अनि किस नै नगरीकन टाढिन्थिन् या निर्देशकले कट भनिदिन्थे । फवादका पाकिस्तानी दर्शकका लागि किसिङ सिन अफेन्सिभ थियो । यो कुरा आलियाले पनि राम्रोसँग बुझेकी थिइन् ।
पाकिस्तानी टेलिफिल्ममा फवाद चर्चित नाम हुन् । हमसफर, दास्तान र जिन्दगी गुलजार है फवादका केही चर्चित टेलिफिल्म हुन् । पछिल्लो समय यिनी फिल्ममा बढी सक्रिय छन् । आलियाको हातमा पनि यतिबेला कयौं फिल्म छन् । यति बेला हिरामन्डीको शुटिङमा आलियया व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण