पत्रकार सम्मेलन
एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने
सोमबार, १८ मङ्सिर २०८०, १७ : ४६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि निर्णय दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाको भनाइ छ । नेता खतिवडाले महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी