पत्रकार सम्मेलन
एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने
सोमबार, १८ मङ्सिर २०८०, १७ : ४६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि निर्णय दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाको भनाइ छ । नेता खतिवडाले महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण