प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह
मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : २५
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह गरेको छ । प्यान नम्बर बिनाको बिलको रकम शोधभर्ना गर्न समस्या हुने भएकाले बिलमा अनिवार्य प्यान नम्बर राखी बिलिङ गर्न बोर्डले अनुरोध गरेको हो ।
कतिपय सेवा प्रदायकबाट बीमितलाई दिएको बिलमा संस्थाको प्यान नम्बर उल्लेख गरेको नपाइएको हुनाले हिसाब मिलाउन समस्या भएको सूचना अधिकारी ओम कुमारी कँडेलले बताइन् । बीमितहरुलाई सेवा प्रदान गरे पश्चात् अनिवार्य बिल दिने व्यवस्था गर्नसमेत उनले सुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण