मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : २७
मङ्गलबार, १९ मङ्सिर २०८०

सिन्धुपाल्चोक । चिसो बढेपछि आगो ताप्ने क्रममा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको   छ  । आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

आगलागी हुँदा ग्यास सिलिन्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका दुई छोराछोरीको सकुशल उद्धार गरिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप