आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : २७
सिन्धुपाल्चोक । चिसो बढेपछि आगो ताप्ने क्रममा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागी हुँदा ग्यास सिलिन्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका दुई छोराछोरीको सकुशल उद्धार गरिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण