बढ्न थाल्यो बिटक्वाइनको मूल्य
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य निरन्तर बढ्न थालेको छ । एक वर्षयता निरन्तर बढ्न थालेको बिटक्वाइनले पछिल्लो समय फेरि कीर्तिमानी मूल्य छुन थालेको हो । सन् २०२१ नोभेम्बरमा बिटक्वाइनले कीर्तिमानी मूल्य ६४ हजार ४०० डलरको मूल्य पार गरेको थियो ।
त्यसयता, केही समय घटेर १६हजार ४५२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, पछिल्लो समय फेरी बढेर ४१ हजार ६१४ अमेरिकी डलर पुगेको थियो । यो एक वर्षसम्म आएको निरन्तरको वृद्धि हो ।
एक वर्षको अवधिको तुलनामा हाल २४ हजार ६१२ अमेरिकी डलरले मूल्य उकालो लागेको छ । यो १४५ प्रतिशतभन्दा धेरैको वृद्धि हो । यस्तै, ६ महिनाको अवधिमा ६१ प्रतिशतले बढेको छ भने एक महिनाको अवधिमा १८ प्रतिशतले मूल्य बढेको छ । आज भने बिटक्वाइनको मूल्यमा १ प्रतिशतको गिरावट आएको छ ।
बिटक्वाइन भर्चुअल मुद्राका रुपमा विश्वभर प्रचलनमा छ । यसलाई कयौं देशले प्रतिबन्ध समेत लगाएका छन् । हालसम्म बिटक्वाइनको निर्माता कम्पनी र स्वामित्व कसको भन्ने खुलेको छैन । यद्यपि, यसको प्रयोग अधिकांश देशमा मुद्राकैरुपमा प्रयोग गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण