आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

७ सदस्यीय नेपाली बक्सिङ टोली मलेसिया जाने

मङ्गलबार, १९ मङ्सिर २०८०, २० : २६
मङ्गलबार, १९ मङ्सिर २०८०

चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ ।
मंसिर २५ देखि २९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल उप्रेती, ५४ केजीमा सिंहवीर लिम्बू, ५७ केजीमा छिरिङ वाङदी शेर्पा, ६० केजीमा शुलभ माली र ६३ केजीमा रिजन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्जिप श्रेष्ठ तथा व्यवस्थापकमा स्मृति विश्वास रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार एक कार्यक्रमबीच उनीहरुको बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप