एमाले नेता महरसँगको भनिएको अडियो ‘फेक’ भएको महिलाको दाबी, प्रहरीमा उजुरी
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको भनिएको ‘विवादित अडियो’बारे महिलाले प्रहरीमा उजुरी गरेकी छन् । महर र ती महिलाको आवाज समेटिएको यौन सम्बन्धी ‘विवाद’ मङ्सिर १५ मा बाहिरिएको हो । तर, अडियोमा समेटिएको आवाज आफ्नो नभएको ती महिलाले दाबी गरेकी छन् ।
परपुरुषसँग सम्बन्ध जोडेर आफ्नो सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने गरी कृत्रिम अडियो सार्वजनिक गरिएको भन्दै महिलाले त्यसबारे छानबिनको माग गरेकी छन् । प्रहरीको साइबर ब्युरोमा उनले दिएको उजुरीमा भनिएको छ–‘सो अडियोका कारण मेरो चरित्र हत्या भएको छ । मेरो सामाजिक प्रतिष्ठा माथि आँच आएको हुनाले विद्युतीय सामग्रीहरू प्रयोग गरी मेरो आवाज समेतलाई कृत्रिम रूपमा सम्पादन गरी सम्प्रेषण एवं प्रसारण गरिएकोमा आवश्यक अनुसन्धान गरी यस कार्यमा संलग्न जो कोही भए पनि विद्युतीय कारोबार सम्बन्धी ऐन–२०६३ बमोजिम कारबाही गरी पाउँ ।’
नेता महरले पनि सो अडियो आफ्नो नभएको दाबी गरिसकेका छन्।
सार्वजनिक अडियोमा आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि पुरुष स्वरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । अडियोमा पुरुषले ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
