शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अञ्जुको ‘पञ्चमी मेला’मा युवायुवतीको प्रेमकथा

शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाको स्वर रहेको नयाँ गीत ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ । गीतकार हर्क साउदले शब्द रहेको गीतमा गीतमा भुषणकै संगीत रहेको छ ।
गीतको भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ ।

योगेश ढकालको छायांकन रहेको भिडियोमा नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन् । भिडियो आर्टमान्डूले निर्माण गरेको हो । गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक यो भिडियोमा पाँचथरको पञ्चमी बजारको कथा भनेको छ ।

‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन् । पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो । पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ,’ निर्देशक नवीन चौहान भने ।

करिब ८ मिनेटको गीतको भिडियोमा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ । भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन् । दुईबीचको प्रेम मार्फत् भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ । 

आर्टमान्डूले यस अगाडि पाहुना हजुर, फूलथुंगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायत अधिकांश भिडिओ लोकप्रिय छन् । अहिले आर्टमान्डू फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया