आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका लागि ४५ जना नर्स छानिए

शुक्रबार, २२ मङ्सिर २०८०, १६ : ५२
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी ४५ जना नर्सहरू पास भएका छन् । मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन् । अन्तर्वार्ताका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । वैदेशिक रोजगार विभागका अनुसार अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो ।

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहिबाट ४५ जना सफल घोषणा गरिएको विभागले जनाएको छ । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो ।

सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ । अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ । सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइनेछ ।

नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।

जसमा ८२ जनाले आवेदन दिएका थिए । तीमध्ये ७१ जना अन्तर्वार्ताका लागि छनोटमा परेका थिए । तीमध्ये अन्तर्वार्ताका लागि ६० जनाको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप