बेलायतका लागि ४५ जना नर्स छानिए
काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी ४५ जना नर्सहरू पास भएका छन् । मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन् । अन्तर्वार्ताका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । वैदेशिक रोजगार विभागका अनुसार अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहिबाट ४५ जना सफल घोषणा गरिएको विभागले जनाएको छ । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो ।
सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ । अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ । सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइनेछ ।
नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।
जसमा ८२ जनाले आवेदन दिएका थिए । तीमध्ये ७१ जना अन्तर्वार्ताका लागि छनोटमा परेका थिए । तीमध्ये अन्तर्वार्ताका लागि ६० जनाको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण