इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनी साहित्यकार रेफात अलारिरको मृत्यु
गाजा । इजरायली हवाई आक्रमणमा गाजामा बस्ने प्यालेस्टाइनी लेखक र साहित्यकार रेफात अलारिरको मृत्यु भएको छ । उनको मृत्युपछि प्यालेस्टाइनी र विश्वभरका उनका प्रशंसकहरूमा शोक छाएको छ ।
रेफात अलारिरका बुबाका अनुसार उनीसँगै उनका भाइ, एक बहिनी र उनका चार बहिनीका छोराछोरीको पनि मृत्यु भएको छ। अक्टोबर ११ मा इजरायली हवाई आक्रमणमा ध्वस्त भएको गाजाको इस्लामिक विश्वविद्यालयमा अलारिरले साहित्य पढाउँथे। इजरायलले यो ‘विश्वविद्यालय हमासको सैन्य र राजनीतिक अभियानको आधार’ भएको दाबी गरेको छ ।
हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि बीबीसीसँगको अन्तर्वार्तामा अलारिरले आक्रमणलाई ‘वैधानिक र नैतिक’ भनी व्याख्या गर्दै यो ‘वार्सा घेट्टो विद्रोह जस्तै’ भएको बताएका थिए । वार्सा विद्रोह दोस्रो विश्वयुद्धको समयमा भएको थियो। जहाँ यहूदीहरूले नाजीहरूको विरुद्धमा बंकरहरू निर्माण गर्न थालेका थिए र उनीहरूको सुरक्षाको लागि विस्फोटकहरू राखेका थिए।
त्यो बस्तीबाट ठूलो संख्यामा यहूदीहरूलाई नाजी ग्यास च्याम्बरहरूमा लगेर र हत्या गरिएको थियो। त्यसपछि बस्तीमा रहेका यहूदीहरूले आफ्नो सुरक्षाको लागि बंकरहरू बनाए र विद्रोह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण