शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निक्षेप संकलन बोलकबोलमार्फत राष्ट्र बैंकले आज थप २० अर्ब तान्दै

आइतबार, २४ मङ्सिर २०८०, ११ : ०३
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत अघिल्लो हप्ता ३५ अर्ब रुपैयाँ लिएको केन्द्रीय बैंकले आइतबार थप २० अर्ब रुपैयाँ लिने भएको हो । 

२०८० मंसिर २४ गते २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलनको साँवा ब्याज आगामी पुस १ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप