आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरुको बैठक

आइतबार, २४ मङ्सिर २०८०, १७ : २९
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । कोइरालाले आगामी मंगलबार दिउँसो १ गतेका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू आफू पक्षीउ केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको थपलियाले रातोपाटीलाई बताए ।

आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । कांग्रेसले आगामी मंसिर १६–१९का लागि महासमिति बैठक तय गरेको छ  । यस्तै आगामी माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप